सरकारले श्रीमानहरुको जिम्मेवारी तोक्यो, सैनिक अदालतमा उच्चका श्रीमान

सरकारले श्रीमानहरुको जिम्मेवारी तोक्यो, सैनिक अदालतमा उच्चका श्रीमान

हिजो साँझ बसेको क्याबिनेट बैठकले विभिन्न देशमा रिक्त राजदूतलगायत सरकारी पदमा नियुक्तिको सिफारिस गरेको छ । त्यसैगरी नेपाल टेलिकममा विवादास्पद सुनिल पौडेललाई विचौलिया दिपक भट्टको जोडबलमा नियुक्त गरिएको छ ।

हिजैको मन्त्रिपरिषद् बैठकले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासमा रहनुभएका न्यायाधीश वासुदेव आचार्यलाई तोकेको छ ।

त्यसैगरी पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश महेशकुमार शर्मालाई तोक्ने निर्णय पनि भएको छ ।

क्याबिनेट बैठकले सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई जिम्मेवारी दिएको छ ।

वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा रवि शर्मा अर्याललाई नियुक्त गरिएको छ ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/04/cabinet-decisions.pdf”]

टिप्पणीहरू