सर्वोच्चको आदेशविरुद्ध देशभर सरगर्मी
हिजो राति अबेर पाकिस्तानी सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएपछि प्रधानमन्त्री इमरान खानले गरेको संसद विघटन र ९० दिनभित्र चुनावको वाचा उल्टिएको छ ।
अदालतको पाँच सदस्यीय संवैधानिक इजलासले भोलि नै संसदमा अविश्वास प्रस्तावमाथि छलफल र मतदान गराउन निर्देशात्मक आदेश दिएको छ ।
उक्त आदेशको विरोध गर्दै प्रधानमन्त्री खानको पार्टी तेहरिक ए इन्साफले देशव्यापी प्रदर्शन गर्ने जनाएको छ । यता नेपालमा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी एमालेले त्यस्तै भनेको थियो ।
यसअघि त्यहाँका विपक्षी दलहरुले संसदमा अविश्वासको प्रस्तावमाथि छलफल र मतदान नगराउने,उल्टै संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई ‘राजनीतिक कू’ को संज्ञा दिएका थिए ।
हिजोको सर्वोच्चको आदेशलाई पनि प्रधानमन्त्री खानको सरकारमा मानवअधिकारसम्बन्धी मन्त्री सिरिन मजारीले ‘न्यायिक कू’ भनेका छन् ।
यहाँ पनि गत वर्ष पुस र यो वर्षको असारमा भएका दुई पटकको संसद विघटनलाई विपक्षीहरुले प्रधानमन्त्री ओलीको राजनीतिक कू भनेका थिए । सर्वोच्च अदालतको आदेशपछि गठित वर्तमान सरकारलाई प्रधानमन्त्री ओलीले परमादेशको संज्ञा दिँदै आउनुभएको छ ।
टिप्पणीहरू