आज एक दर्जन संक्रमित, ८९ जना संक्रमणमुक्त

आज एक दर्जन संक्रमित, ८९ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा मुलुकभर १२ जना कोरोना संक्रमित भेटिएका छन् । चार हजार तीन सय ४९ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा ८९ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ७ प्रतिशत छ । मुलुकभर अझै ६ सय ६९ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा काठमाडौंमा एक जना संक्रमित थपिएका छन् । ललितपुर र भक्तपुरमा भने कसैमा पनि संक्रमण देखिएन । काठमाडौंमा सक्रिय संक्रमितको संख्या एक सय १० रहेको छ । भक्तपुरमा दुई र ललितपुरमा ९० जना छन् ।

आज पनि संक्रमणका कारण कसैले ज्यान गुमाएका छैनन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५१ जनाको मृत्यु भइसकेको छ ।

टिप्पणीहरू