मध्यराती प्रधानमन्त्री पदमुक्त,रातारात घर सरे
पाकिस्तानका प्रधानमन्त्री इमरान खान गए राति पदमुक्त भएका छन् । संसदमा अविश्वासको प्रस्तावमाथि भएको मतदानमा खानविरुध्द बहुमत सांसद देखिएपछि पदमुक्त भएका हुन् ।
झण्डै मध्यरात भएको मतदानमा खानको विपक्षमा १ सय ७४ मत परेको थियो । संसदबाट विश्वासको मत गुमाएपछि प्रधानमन्त्रीले तत्काल सरकारी निवास छाडेको अन्तर्राष्ट्रिय समाचार समितिहरुले जनाएका छन् ।
खानविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि अब विपक्षी दलको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया थालिएको छ ।
टिप्पणीहरू