गुप्तचरमा पनि एआइजी खाली हुँदै
सशस्त्र प्रहरी प्रमुख आजदेखि घर जाने र नेपाल प्रहरीका आइजी र क्षेत्रीय डिआइजीहरु नयाँ बर्षको दिन बैशाख १ गतेदेखि बिदामा बस्ने क्रम शुरु हुनै लागेका बेला राष्ट्रिय अनुसन्धान विभागमा पनि बैशाख ९ गतेदेखि एक जना एआइजीको पद खाली हुन लागेको छ । रिक्त हुन लागेको पदमा बढुवा हुन टेकेन्द्र कार्कीहरु कम्मर कसेर लागेको विभागका कनिष्ठ कर्मचारीहरु बताउँछन् ।
विभाग प्रमुख यदुलाल खरेल भने हिजो बुटवल पुगेर फर्केका छन् । उनी बुटवलको घरमा लगाइएको पूजामा गएका हुन् । बुटवल नयाँबस्तीस्थित घरमा भएको पूजामा उपस्थित भएपछि उनी लगत्तै काठमाडौं आएको बताइन्छ ।
टिप्पणीहरू