दुई ठूला बैंकलाई कारवाही गर्दै राष्ट्र बैंक
गत वर्षदेखि मर्जर प्रक्रिया थालेको हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीच गाभिने योजना अन्ततः केही महिनाअघि टुटेको छ । मूलतः हिमालयन बैंकका ठूला लगानीकर्ताले भाँजो हालेपछि उक्त मर्जको प्रक्रिया एकाएक सकिएको बताइन्छ ।
अहिले त्यहि बैंकमाथि कारबाहीको निम्ति प्रस्ताव अघि बढाइएको नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरीवेक्षण विभागका एक जना अधिकृतले बताएका छन् ।
दुबै बैंकले मर्ज गर्ने सैद्धान्तिक सहमतिका सबै प्रक्रिया पूरा गरेर पनि एकतर्फी ढंगले हिमालयन बैंकले अर्थ मन्त्रालयदेखि कर्मचारी सञ्चय कोषसम्मको हतकण्डा प्रयोग गरेर उक्त मर्जर प्रक्रियालाई तुहाएको आरोप छ ।
मर्जरमा धेरै भाँजो हाल्ने हिमालयनलाई धेरै रकमको पेनाल्टी लगाउने प्रस्ताव अहिले केन्द्रीय बैंकको बोर्डमा पुगेको छ । तर गत शुक्रबारदेखि गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएकाले सञ्चालक समिति लंगडो भएको छ ।
“बैशाखको पहिलो सातादेखि बैंक सञ्चालक समितिको बैठकमा कायममुकायम गभर्नर,अर्का डेपुटी बमबहादुर मिश्र र अर्थ सचिव मधुकुमार मरासिनी मात्र बाँकी रहन्छन् । सञ्चालक समितिको बैठकमा आवश्यक निर्णय गराउन अर्थ सचिव र वाह्य क्षेत्रबाट प्रतिनिधित्व गर्ने अर्का एक जना सञ्चालकको उपस्थिति आवश्यक हुन्छ ।”
डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई सरकारले कायममुकायम गभर्नरको जिम्मेवारी दिए पनि बोर्ड बैठक र दूरगामी महत्वका प्रस्तावमाथि निर्णय गर्न उनले कति सक्छिन् भन्ने सवाल पनि त्यत्तिकै उठेको छ ।
यसैबीच आगामी बैशाख ७ गतेदेखि दुई जना बैंक सञ्चालक पनि कार्यकाल पूरा गरेर बिदा हुँदैछन् । रामजी रेग्मी र प्राध्यापक श्रीराम पौडेलको कार्यकाल सकिन लागेको हो ।
अझै एक वर्ष बाँकी रहेका अर्का सञ्चालक सुबोधकुमार कर्ण ३६ लाख घुस विवादमा तानिएकाले उनीमाथि छानबिन र कारबाही अघि बढ्न सक्ने सम्भावना देखिन्छ ।
त्यसो भएमा आगामी बैशाखको पहिलो सातादेखि बैंक सञ्चालक समितिको बैठकमा कायममुकायम गभर्नर,अर्का डेपुटी बमबहादुर मिश्र र अर्थ सचिव मधुकुमार मरासिनी मात्र बाँकी रहन्छन् ।
सञ्चालक समितिको बैठकमा आवश्यक निर्णय गराउन अर्थ सचिव र वाह्य क्षेत्रबाट प्रतिनिधित्व गर्ने अर्का एक जना सञ्चालकको उपस्थिति आवश्यक हुन्छ । दुई जना अवकाश भएर घर जाने र एक जना छानबिनमा पर्ने हो भने नयाँ सञ्चालक नियुक्त नहुञ्जेल बोर्ड बैठक बस्न सक्ने अवस्थासमेत देखिँदैन ।
यसैबीच बैंकहरुले मर्जरको हल्ला गरे पनि नयाँ कुनै देखिएको छैन । कहिले मेगा र कुमारी बैंक,कहिले एनसीसी र सिटिजन बैंकबीचको चर्चा चलाइएको छ । एनएमबीको भने अहिलेसम्म कसैसँग पनि मर्जरको नाम सुनिएको छैन ।
टिप्पणीहरू