चुचुरोबाट फर्किने क्रममा ग्रीक आरोही बिते
धौलागिरि हिमालको आरोहण गरेर फर्कने क्रममा ग्रीसका पर्वतारोहीको ज्यान गएको छ । ५५ वर्षीय एन्टोनिअस स्क्यारिसको आज बिहान मृत्यु भएको हो ।
चुचुरोमा पुगेर फर्किने क्रममा तेस्रो क्याम्प नजिकै उनको निधन भएको आरोहण दलका सदस्यहरुले बताएका छन् । आठ हजार एक सय ६७ मिटर अग्लो हिमाल आरोहण गरेर फर्कने क्रममा उनको सात हजार चार सय मिटरमा रहेको तेस्रो क्याम्पमा मृत्यु भएको हो ।
ग्रीसका प्रख्यात आरोही स्क्यारिसले यसअघि सर्वोच्च शिखर सगरमाथा, ल्होत्से र अन्नपूर्ण हिमालको सफलतापूर्वक आरोहण गरेका थिए ।
टिप्पणीहरू