संक्रमितभन्दा निको हुने धेरै

संक्रमितभन्दा निको हुने धेरै

पछिल्लो २४ घण्टामा मुलुकभर २६ जना कोरोना संक्रमित भेटिएका छन् । चार हजार ७८ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा ३७ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ७ प्रतिशत छ । मुलुकभर अझै पाँच सय ५४ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा काठमाडौंमा दुई जनामा संक्रमण देखिएको छ । ललितपुरमा एक जना भेटिएका छन् । भक्तपुरमा भने कसैमा पनि संक्रमण देखिएको छैन । काठमाडौंमा सक्रिय संक्रमितको संख्या ८२ रहेको छ । भक्तपुरमा दुई र ललितपुरमा ६९ जना छन् ।

आज संक्रमणका कारण कसैले ज्यान गुमाएका छैनन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५१ जनाको मृत्यु भइसकेको छ ।

टिप्पणीहरू