युवालाई बेरोजगार बन्न नदिने श्रम मन्त्रीको भनाइ
मुलुकमा कैयौं युवाले बेरोजगारी समस्या झेलिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताउनुभएको छ । भैंसेपाटीस्थित व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानमा आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
उहाँका अनुसार बेरोजगार भएर बस्नुपर्ने विद्यमान अवस्था अन्त्यका लागि मन्त्रालयले दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका योजना अगाडि सार्न लागेको जानकारी दिनुभएको छ । मन्त्रालयले अधिकारसम्पन्न तालिम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको बताउँदै उहाँले तालिम प्रतिष्ठानलाई पुनर्संरचना गरिने उल्लेख गर्नुभएको हो ।
मन्त्री श्रेष्ठले एक दर्जन बढी सरकारी निकायले उस्तै तालिम कार्यक्रम सञ्चालन गरेपनि परिणाममुखी नभएकाले गुणस्तरीय र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको तालिम प्रदान गर्न नीतिगत तथा कानुनी व्यवस्थाका लागि तयारी अघि बढाइएको दाबी गर्नु भएको छ ।
प्रतिष्ठानका कार्यकारी निर्देशक प्रेमलाल लामिछानेले आफ्नै प्रत्यक्ष व्यवस्थापन तथा तालिम प्रदायक संस्थामार्फत आधारभूत तालिम, उद्यमशील तालिम, प्रशिक्षक प्रशिक्षण गरी तीन लाख १० हजारभन्दा धेरैलाई प्रतिष्ठानले तालिम प्रदान गरेको जानकारी गराउनुभएको थियो ।
टिप्पणीहरू