पाँचथरमा चौंरी महोत्सव शुरु
पाँचथरको फालेलुङ गाउँपालिकामा चौँरी महोत्सव शुरु भएको छ ।
पर्यटन प्रवद्र्धन गर्ने र चौंरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले उक्त महोत्सव गरिएको बताइएको छ । फालेलुङ गाउँपालिका–४ चाररातेमा भएको महोत्सवमा चौँरी र चौँरीजन्य सामग्रीको प्रदर्शन गरिएको छ ।
विगतमा एक दिन मात्र आयोजना गरिँदै आएको उक्त महोत्सव यो वर्ष आजदेखि बैशाख ४ गतेसम्म हुन लागेको हो । महोत्सवस्थल तीन हजार पाँच सय ६० मिटरको उचाइमा आयोजना गरिएको छ । उक्तस्थल नेपाल र भारतको सीमा नजिकै पर्छ । महोत्सवमा झण्डै पाँच सय चौँरी प्रदर्शन गरिँदैछ ।
टिप्पणीहरू