हिजो राति भारतीय राजदूतलाई क–कसले गरे बिदाइ ?
भारतीय राजदूत विनयमोहन क्वात्राले हिजो साँझ दूतावासभित्र आयोजना गर्नुभएको भोजमा झण्डै डेढ सय जना पाहुना निम्तो मान्न पुगेका थिए । राजदूतबाट विदेश मन्त्रालयको सचिवमा बढुवा भएपछि आगामी बैशाख १८ गतेदेखि नयाँ जिम्मेवारी वहन गर्न नयाँ दिल्ली जान लाग्नुभएका क्वात्राले हिजो बिदाई भोजको आयोजना गर्नुभएको हो ।
भोजमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल सहभागी हुनुभएको हो । त्यसैगरी एमाले उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङ, गृहमन्त्री बालकृष्ण खाँण, शिक्षामन्त्री देवेन्द्रराज पौडेल, पर्यटनमन्त्री प्रेम आले, भौतिक पूर्वाधारमन्त्री रेणु यादव, सामान्य प्रसासनमन्त्री राजेन्द्र श्रेष्ठ, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा बन्दी, अर्थमन्त्री जनार्दन शर्मा, श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठ, कृषिमन्त्री महेन्द्र राय यादव, खानेपानीमन्त्री उमाकान्त चौधरी पनि निम्तो मान्न लैनचौर पुग्नुभएको थियो ।
राजदूतावास परिसरमा आयोजित भोजमा नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महत, नेता विमलेन्द्र निधि, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, सुजाता कोइराला, शेखर कोइराला, सशांक कोइरला पनि जानुभएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो, नेता शरदसिंह भण्डारी, नेतृ चन्दा चौधरी र जनता प्रगतिशील पार्टिका संयोजक हृदयेश त्रिपाठी पनि राजदूत क्वात्राको निम्तो मान्न बेलैमा त्यहाँ पुग्नुभएको स्रोतले बताएको छ ।
काठमाडौंमा रहेका विभिन्न देशका राजदूत तथा प्रतिनिधि पनि हिजोको भोजमा गएका थिए । जसमा नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी, जर्मन राजदूत, बंगलादेशी राजदूत, श्रीलंकाली राजदूत र इजिप्टका राजदूत हुनुहुन्थ्यो । त्यसैगरी सार्कका महासचिव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, नेपाल प्रहरीका एआईजी हरी पाल, प्रधानसेनापति प्रभुराम शर्मा, पूर्वसेनापति गौरव समशेर जबरा, पूर्व जर्नेल बिनोज बस्नेत, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख पनि भोजमा सहभागी हुनुभएको हो ।
नेपाली पत्रकारहरुमा ऋषि धमला, शुभशंकर कंडेललगायत झण्डै डेढ सय जनाको उपस्थिति रहेको दूतावास स्रोतले दाबी गरेको छ ।
टिप्पणीहरू