पोखराको मेयरका लागि आजै अपरान्ह मतदान
आसन्न स्थानीय निर्वाचनमा पोखरा महानगरको मेयर र उपमेयरको उम्मेदवार छान्न नेकपा एमालेले आन्तरिक मतदान गर्ने भएको छ । सर्वसम्मत रुपमा उम्मेदवार छान्न नसकेपछि मतदानमार्फत टुंग्याउन लागिएको हो ।
पोखराको मेयरका लागि एमालेमा एक दर्जन आकांक्षी देखिएका छन् । मेयरको उम्मेदवारका लागि प्रदेश सांसदहरू कृष्ण थापा र राजीव पहारीसहित वडाध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योती ढुंगाना र पुष्पराज अधिकारी सिफारिसमा परेका छन् ।
त्यस्तै, एमाले पोखराका पूर्वअध्यक्ष दीपक पौडेल, बालकृष्ण काउछा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीम कार्की, रश्मी आचार्य र प्रा. डा विश्वकल्याण पराजुलीको नाम पनि सिफारिस गरिएको छ ।
उपमेयरमा पत्रकार सुषमा पौडेल, वडाध्यक्षहरू शोभामोहन पौडेल र जीवन आचार्य, नेताहरू वामदेव ढुंगाना, टिकाराम पंगेनी, तेजनारायण अधिकारी, संजीवबहादुर कोइराला, देवका पहारी त्रिपाठी, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्री दावेदार छन् ।
आज अपरान्ह ४ बजे उनीहरूबीच प्रतिस्पर्धा हुने र मतदानमार्फत टुंगो लगाइने एमाले पोखराले जनाएको छ ।
टिप्पणीहरू