शीतल निवासमा भित्र पदक बुझ्ने, बाहिर फोटो खिच्नेको भीड

शीतल निवासमा भित्र पदक बुझ्ने, बाहिर फोटो खिच्नेको भीड

आज शीतल निवासमा गत असोज ३ गते संविधान दिवसका दिन घोषणा गरिएको मानपद्वी एवम् विभुषण प्रदान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त मानपदवी र विभूषण प्रदान गर्नुभएको हो । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनको पनि उपस्थिति थियो ।

यो वर्ष नेपाल रत्न, राष्ट्र गौरव, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रबल जनसेवाश्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्री गरी ११ वटा मानपद्वी र विभुषण प्रदान गरिएको छ ।

आज पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई मरणोपरान्त नेपाल रत्न, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सुवर्णशमशेर राणालाई मरणोपरान्त राष्ट्र गौरव प्रदान गरिएको हो ।

त्यसैगरी पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव, तुल्सीलाल अमात्य, मङ्गलादेवी सिंह, दुर्गानन्द झा, नारायणगोपाल गुरुवाचार्यलाई मरणोपरान्त र निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र मोहनचन्द्र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप विभूषित गरिएको हो ।

त्यसैगरी सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रदीप नेपाल, मरणोपरान्त पोष्टबहादुर बोगटी र मार्शलजुलुम शाक्यलाई दिइएको छ । उज्ज्वल कीर्तिमय राष्ट्रदीप विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रदान गरिएको हो । प्रसिद्ध प्रवल जनसेवाश्री ३९ जनालाई, सुकीर्तिमय राष्ट्रदीप २८ जनालाई, सुप्रवल जनसेवाश्री १५८ जनालाई, कीर्तिमय राष्ट्रदीप ७ जनालाई, प्रवल जनसेवाश्री ३१३ जनालाई र जनसेवाश्री १८५ जनालाई प्रदान गरिएको छ ।

उता गृह मन्त्रलायले वितरण गर्ने गरि आठ वटा अलंकार १०७ जनालाई र छ वटा पदक ३७ जना सुरक्षाकर्मीलाई आजै प्रदान गर्ने बताइएको छ ।

टिप्पणीहरू