कोरोनाका कारण २६ पत्रकारले ज्यान गुमाए

कोरोनाका कारण २६ पत्रकारले ज्यान गुमाए

कोरोना भाइरस संक्रमणका कारण नेपालमा हालसम्म २६ पत्रकारले ज्यान गुमाएका छन् । ०७८ सालमा मात्र १८ जना पत्रकारले कोरोनाका कारण ज्यान गुमाउनुपरेको नेपाल पत्रकार महासंघले बताएको छ ।

‘कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न पत्रकार महासंघको पहलमा ९९ प्रतिशत पत्रकारले कोभिडविरुद्धको खोप लगाएका छन् । त्यसले जोखिम कम भए पनि कोभिडले पत्रकार तथा सञ्चारमाध्यममा पारेको असर भने अहिले पनि कायमै छ,’ महासंघले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोरोना महामारीको बहाना देखाएर पत्रकारलाई नियमित तलब नदिने, बेतलवी विदामा राख्ने र जागिरबाट निष्कासन गर्ने कामले निरन्तरता पाएकोमा महासंघले दुःख व्यक्त गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख १८ हजार ७ सय ८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपालमा रहेका संक्रमितमध्ये ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ लाख ६६ हजार १ सय ६० जना संक्रमित निको भइसकेका छन् ।

टिप्पणीहरू