आज संक्रमितभन्दा निको हुने धेरै
आज हालसम्मकै सबैभन्दा कम कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर जम्मा चार जना कोरोना संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार तीन सय ४२ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । त्यहि अवधिमा ४४ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ७ प्रतिशत छ । मुलुकभर अझै चार सय ७९ जना सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा काठमाडौंमा एक जनामा संक्रमण देखिएको छ । ललितपुरमा र भक्तपुरमा भने संक्रमण देखिएको छैन । काठमाडौंमा सक्रिय संक्रमितको संख्या ५४ रहेको छ । भक्तपुरमा दुई र ललितपुरमा ४३ जना छन् ।
आज संक्रमणका कारण कसैले ज्यान गुमाएका छैनन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५१ जनाको मृत्यु भइसकेको छ ।
टिप्पणीहरू