सगरमाथाको फेदमा आरोहण गाइडको निधन

सगरमाथाको फेदमा आरोहण गाइडको निधन

सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रममा आज बिहान एक जनाको मृत्यु भएको छ । सगरमाथाको शिखरतर्फ जाने क्रममा उनको निधन भएको हो ।

खुम्बु आइसफल नाघेर अघि जाने क्रममा अचानक बिरामी परेका गाइड निमातेञ्जी शेर्पाको मृत्यु भएको हो । सोलुखुम्बुुको माप्य दुधकोशी गाउँपालिका–७ का ३७ वर्षीय शेर्पा सगरमाथा आरोहणको क्रममा आज बिहान पहिलो क्याम्पबाट दोस्रो क्याम्पतर्फ जानेक्रममा बिरामी परेका हुन् ।

बिरामी परेको थाहा पाउने बितिक्कै उनको त्यहिँ ज्यान गएको उनका टोली सदस्यहरुले बताएका छन् । मृतकको शव पोष्टमार्टमका लागि हेलिकप्टरबाट लुक्ला पुर्याइएको छ । उनको लेक (हाई अल्टिच्युड) का कारण निधन भएको आशंका गरिएको छ ।

टिप्पणीहरू