राष्ट्रपतिद्वारा एमाले अध्यक्ष ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान

राष्ट्रपतिद्वारा एमाले अध्यक्ष ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान गर्नुभएको छ । नेपाल स्काउटद्वारा आयोजित समारोहमा राष्ट्रपतिले ओलीलाई सो पदक हिजो दिनुभएको हो ।

अघिल्लो वर्षसम्म प्रधानमन्त्री छँदा उहाँले नेपाल स्काउटको अभियान विकास,विस्तार र प्रवर्धनमार्फत् बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा अतुलनीय योगदान पुर्याएको भन्दै ओलीलाई उक्त पदक प्रदान गरिएको बताइएको छ । विश्व स्काउटले एशिया प्रशान्त क्षेत्रको लागि उक्त पदक दिएको हो ।

पदक प्रदान गर्दै राष्ट्रपतिले ओलीको राजनीतिक यात्राको व्याख्या गर्नुभएको थियो भने ओलीले नेपाल स्काउटलाई मुलुकभर विस्तार गर्ने कार्यमा आफूले गरेको कार्यको जानकारी गराउनुभएको थियो । नेपाल स्काउटमा ओलीनिकट लोकबहादुर भण्डारीको राम्रो प्रभाव र पहुँच छ । भण्डारी जेभियर कलेजका प्रमोटर हुन् ।

टिप्पणीहरू