एआइजी बढुवाविरुध्दको मुद्दा संयुक्त इजलासमा

एआइजी बढुवाविरुध्दको मुद्दा संयुक्त इजलासमा

नेपाल प्रहरीका तीनजना डिआइजीले एआइजी बढुवाविरुध्द दायर गरेको रिटउपर आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ ।

डिआइजीत्रय ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले गत चैत १७ गते दायर गरेको रिटको सुनुवाइका लागि न्यायधीशद्वय प्रकाशमानसिंह राउत र नहकुल सुवेदीको संयुक्त इजलास तोकिएको छ ।

यसअघि गत चैत्र २० गते न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ हुँदा हेर्न नमिल्ने भन्दै पेशी सारिएको थियो । सरकारले डिआइजीहरु धीरजप्रताप सिंह,वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गरेसँगै कार्की र अर्यालहरु सर्वोच्च पुगेका हुन् ।

टिप्पणीहरू