आज एक दर्जनमा कोरोना संक्रमण, तीन दोब्बर संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा मुलुकभर १२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार चार सय ८९ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।
सोही अवधिमा ३६ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ७ प्रतिशत छ । मुलुकभर अझै तीन सय ७५ जना सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा काठमाडौंमा तीन जनामा संक्रमण देखिएको छ । ललितपुर र भक्तपुरमा भने नयाँ संक्रमित फेला परेका छैनन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या २८ रहेको छ । भक्तपुरमा तीन र ललितपुरमा ११ जना छन् ।
आज संक्रमणका कारण कसैले ज्यान गुमाएका छैनन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५१ जनाको मृत्यु भइसकेको छ ।
टिप्पणीहरू