अमेरिकी सांसदहरुसँगको भेटबारे एमाले र अमेरिकी पक्ष मौन
नेपालको तीन दिने भ्रमणमा शुक्रवार साँझ काठमाडौं आएको अमेरिकी सांसदहरुको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री, प्रधानमन्त्री र नेपाली सांसदहरुको टोलीसँग मात्र भेटघाट कार्यक्रम रहेको विवरण यसअघि सार्वजनिक भएको थियो । जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रमा परेको असरबारे जानकारी लिने कार्यक्रम पनि राखिएको थियो ।
त्यही जानकारी लिन अमेरिकी सांसदहरुको टोली शनिबार दिउँसो गोदावरीस्थित इसिमोडको कार्यालय हातामा पुगेको हो । त्यहाँबाट फर्केपछि दूतावासका अधिकारीहरुसँगको भेटघाटबाहेक औपचारिक कार्यक्रम नरहेको बताइएको थियो । सोहिअनुसार टोली हिजो बिहान अमेरिकी वायुसेनाको विमान चढेर फर्केको छ ।
तर,शनिवार साँझ अमेरिकी सांसदहरु बसेको मेरियट होटलमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सात सदस्यीय टोलीले प्रतिनिधिमण्डलसँग भेट गरेको छ । अमेरिकीहरुसँग भेट्न एमाले अध्यक्ष ओलीसँग उपाध्यक्ष सुवास नेम्वाङ, उपमहासचिव प्रदीप ज्ञवाली, र विष्णु रिमाल,विदेश विभाग प्रमुख राजन भट्टराई, इजरायलका लागि पूर्व नेपाली राजदूत अन्जान शाक्य र ओलीका निजी सचिव राजेश बज्राचार्य मेरियट होटल पुग्नुभएको थियो ।
उक्त प्रतिनिधिमण्डलले अन्य राजनीतिक दल तथा तिनका नेताहरुसँग त्यस्तो भेटवार्ता गरेको देखिएन ।
टिप्पणीहरू