एमाले उम्मेदवारहरुले काठमाण्डौमा र्याली निकाले
नेकपा एमाले काठमाडौंका उम्मेदवारहरुले र्याली निकालेका छन् । महानगर कमिटीले मेयरका उम्मेदवार केशव स्थापितको नेतृत्वमा र्याली निकालेको हो ।
मनोनयन दर्ताका निम्ति शान्तिवाटिकाबाट निकालिएको र्याली प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृह पुगेर टुंगिने बताइएको छ ।
र्यालीमा काठ्माडौंको मेयरमा उम्मेदवार स्थापितसहित उपमेयर उम्मेदवार सुनिता डंगोल अघि अघि छन् ।
त्यस्तै, वडा नं १ देखि ३२ सम्मका वडाध्यक्ष र सदस्य उम्मेदवारलगायत झण्डै तीन सय जनाले र्यालीमा सहभागिता जनाएका छन् ।
टिप्पणीहरू