एमालेसँग निर्वाचनमा सहकार्य गरिँदैन : माओवादी प्रवक्ता

एमालेसँग निर्वाचनमा सहकार्य गरिँदैन : माओवादी प्रवक्ता

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले चुनावी तालमेलमा पाँच दलीय गठबन्धन सफल भएको दाबी गर्नुभएको छ । आज पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा उहाँले स्थानीय तह निर्वाचनको तालमेलमा गठबन्धन सफल भएको उल्लेख गर्नुभएको हो ।

महराले आज बिहानसम्म गठबन्धन ६० प्रतिशत ठाउँमा सफल भएको र बाँकी ठाउँमा पनि बेलुकीसम्म कुरा मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज बिहानसम्मको गठबन्धनको प्रक्रियामा ६० प्रतिशत जति गठबन्धन सफल भएको छ । बाँकी केहीमा अलिकति मिलेका छैनन् । पार्टी भित्र पनि मिलेको छैन, पार्टीको बीचमा पनि मिलेको छैन । यो मिल्नेक्रम बेलुकीसम्म अगाडि बढ्छ ।‘

प्रवक्ता महराले चुनाव हुनु अघिल्लो दिनसम्म पनि एक दलले अर्कोलाई सहयोग गरेर जानेगरि सहमति हुने जिकिर गर्नुभएको छ । उहाँले पार्टीले केन्द्रीय तहबाट घोषणापत्र सार्वजनिक नगर्ने जानकारी पनि दिनुभयो ।

स्थानीय विशेषतामा आधारित रहेर स्थानीय तह आफैँले घोषणापत्र सार्वजनिक गर्नुपर्नेमा उहाँको जोड छ । साथै, गठबन्धन दलको निर्णयअनुसार एमालेसँग निर्वाचनमा सहकार्य नगरिने महराको भनाइ छ ।

टिप्पणीहरू