माओवादीका दुई पक्षबीच घम्साघम्सी, प्रहरीद्वारा अश्रुग्यास प्रहार
सिन्धुपाल्चोकमा नेकपा माओवादी केन्द्रको दुई पक्षबीच झडप भएको छ । सदरमुकामस्थित चौतारा नगरपालिकामा जनप्रतिनिधिको उम्मेदवार बन्न टिकट पाएका र नपाएका पक्षबीच घम्साघम्सी भएको हो ।
उनीहरुबीचको विवाद बढ्दै गएर घम्साघम्सी हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ ।
स्थानीय आवश्यकताका आधारमाभन्दा काठमाडौंमा बस्नेलाई टिकट दिएपछि झडप भएको स्थानीय नेताले बताएका छन् ।
टिप्पणीहरू