टिकट नपाउने तर भक्कु कुटाई खाने विश्वदेव को हुन् ?
गोरखामा विश्वदेवले कुटाइ खाए पनि टिकट भने गुमाएका छन् । नेपाली काँग्रेसले गोरखा नगरपालिकाको मेयरका रुपमा उम्मेदवार सिफारिस गरेका विश्वदेव श्रेष्ठ आजै कुटिएका छन् ।
उम्मेदवारी मनोनयन गर्न निर्वाचन कार्यालय पुगेका विश्वदेवलाई पार्टीभित्रकै उनी विरोधी कार्यकर्ताले हातपात गरेका हुन् । उनले कुटाइ मात्रै खाएनन् टिकट पनि गुमाएका छन् ।
यसअघि हालका मेयर राजनराज पन्तलाई पुनः दोहोर्याउनु पर्ने भन्दै काँग्रेस कार्यकर्ता तथा समर्थकले पार्टी कार्यालयमा ताल्चा लगाएका थिए । विवाद बढ्दै गएपछि पन्तलाई नै उम्मेदवार बनाउने काँग्रेसले निर्णय गरेको हो ।
टिप्पणीहरू