आजै नेकपा एकीकृत समाजवादीका ३३ जना उम्मेदवार निर्विरोध

आजै नेकपा एकीकृत समाजवादीका ३३ जना उम्मेदवार निर्विरोध

नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्लामा मात्रै ३३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवार मनोनयन गर्ने तोकिएको साँझ ५ बजेको समयपछि उनीहरुको विरुद्ध अरु कसैको उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित हुने पक्का भएको हो ।

निर्विरोध निर्वाचित घोषणाको लागि निर्वाचन अधिकृतको कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेपछि हुने बताइएको छ । आज कर्णाली प्रदेशको डोल्पा जिल्लामा उक्त पार्टीले दुई वटा गाउँपालिकाका अध्यक्ष, एउटा गाउँपालिकाका उपाध्यक्ष, छ वटा वडाका छ जना अध्यक्ष र २४ जना सदस्य गरि ३३ जना जन ्रतिनिधिहरु निर्विरोध निर्वाचित भएको जानकारी दिएको छ ।

निर्विरोध हुनेहरुमा काइके गाउँपालिकाका अध्यक्ष अंगत राना, छार्का ताम्सोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङ, डोल्पो बुद्ध गाउँपालिकाका उपाध्यक्ष पेमा दोर्जे गुरुङ मुख्य हुन् ।

टिप्पणीहरू