एमाले अध्यक्षद्वारा पार्टी परित्याग
पार्टीले छानेको उम्मेदवारप्रति चित्त नबुझेपछि काभ्रेपलाञ्चोक जिल्लामा एक जना एमाले अध्यक्षले पार्टी त्यागको घोषणा गरेका छन् । उनले मनोनयन दर्ता गर्ने समय सकिनै लाग्दा सामाजिक सञ्जालबाट उक्त जानकारी गराएका हुन् ।
धुलिखेलका एमाले नेता राम वाइबा तामाङले हिजोदेखि एमाले पार्टी छाडेको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘आज मिति २०७९।१।१२ गते म नेकपा एमाले धुलिखेल ८ को पार्टी अध्यक्ष परित्याग गरेको घोषणा गर्दछु । नेकपा एमालेको कुनै पनि पदमा नरहेको जानकारी गर्दछु ।’
वाइवाको उक्त घोषणापछि एक जनाले बधाइ छ मेरो भाइ भनेर प्रतिक्रिया जनाएका छन् । अर्का एक जनाले भने हतारमा निर्णय नगरौं कमरेड भनेर सान्त्वना दिन खोजेका छन् ।
टिप्पणीहरू