हिजो पनि खुमलटार र बालकोटमा बाक्लै भेटघाट
हिजो स्थानीय तह निर्वाचननिम्ति उम्मेदवारहरुले मनोनयन गर्ने अन्तिम दिन पनि मुख्य दलका शीर्ष नेताहरु भेटघाटमा व्यस्त देखिए । ललितपुरको खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा एकाबिहानैदेखि भेट्ने नेताहरुको लर्को थियो ।
अध्यक्षसँग भेट्न नेता नारायणकाजी श्रेष्ठ र भूमिव्यवस्था तथा सहकारीमन्त्री शशी श्रेष्ठ साढे ६ बजे त्यहाँ पुग्नुभएको हो । उहाँहरुबीच बिहान पौने ७ बजेदेखि साढे ८ बजेसम्म भेटघाट भएको अध्यक्ष प्रचण्डको सचिवालयले पुष्टि गरेको छ ।
उता,भक्तपुर बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पनि हिजो भेटघाट बाक्लै चल्यो । अध्यक्ष ओलीसँग भेट्न उपाध्यक्ष सुवाष नेम्वाङ बिहान पौने १० बजे त्यहाँ पुग्नुभएको हो । उहाँहरुबीच झण्डै दुई घण्टा कुराकानी भएर पौने १२ बजे नेम्वाङ बालकोटबाट बाहिरिनुभएको थियो ।
त्यसपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पुग्नुभयो । अध्यक्ष ओलीसँग उहाँले मध्यान्ह १२ बजेबाट सवा २ बजेसम्म भेट गर्नुभएको एमाले स्रोतले पुष्टि गरेको छ ।
टिप्पणीहरू