काँग्रेसीले अरुलाई पनि रुखैमा लडाए
ताप्लेजुङमा नेकपा एकीकृत समाजवादीले आठ वटा वडाध्यक्ष र एउटा उपाध्यक्षमा आवेदन गरेको छ । सदस्यहरु धेरैमा एकीकृत समाजवादीका उम्मेदवार उठेका छन् ।
काङ्ग्रेस नेताले भने एउटा गाउँपालिकामा अर्को पार्टीका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारलगायत सातै जनालाई एउटै चिन्हमा चुनाव लड्नुपर्ने भन्दै रुख चिन्हबाट उठाइदिएका छन् । समाजवादीका ती उम्मेदवारहरुले चुनाव चिन्ह र पार्टीको निर्देशनलाई ध्यान नदिएको परिणाम काँग्रेसको उम्मेदवार हुन पुगेका हुन् ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा काँग्रेसले सातै जना उम्मेदवारलाई चुनाव लड्न सजिलो हुने भन्दै रुख चिन्ह भिडाइदिएको बताइन्छ ।
टिप्पणीहरू