३५ भन्दा कम अंक ल्याउनेलाई ‘नन ग्रेडिङ’

३५ भन्दा कम अंक ल्याउनेलाई ‘नन ग्रेडिङ’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ सिष्टम लागू गरेको छ । जसअनुसार १ देखि १२ कक्षासम्मका विद्यार्थीहरुको मूल्याङ्कन एउटै विधि अर्थात लेटर ग्रेडिङ विधिबाट हुनेछ । निर्देशिकाअनुसार न्यूनतम ३५ प्रतिशत (१.६ जीपीए) अर्थात् विषयगतमा ‘डी ग्रेड’ हासिल भए मात्र विद्यार्थीहरु माथिल्लो कक्षामा जानेछन् ।

१.६ जीपीएभन्दा कम प्राप्ताङ्क आएमा विद्यार्थी अनुत्तीर्ण रहेको स्वतः जनाउनेछ । कक्षा १ देखि नै विद्यार्थीको मूल्याङ्कन गर्दा सर्वोत्तम (ए प्लस), अत्युत्तम (ए), उत्कृष्ट (बी प्लस), उत्तम (बी), सन्तोषजनक (सी प्लस), ग्राह्य (सी), आधारभूत (डी) र अवर्गीकृत (एनजी) उल्लेख हुनेछ ।

हाल सञ्चालन भइरहेका सबै परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमार्फत आउने मन्त्रालयले जनाएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले २०७८ पुस ७ गते लेटर ग्रेडिङ निर्देशिका स्वीकृत गरेका थिए ।

टिप्पणीहरू