बाहुन र दलितको जोडीले सँगै बस्न पाउने
बलात्कारपीडितलाई घरघरमै पुगेर क्षतिपूर्ति दिने चितवन जिल्ला अदालतको अभ्यास चर्चामा रहेकै बेला यता बाँके जिल्ला अदालतले अर्को छलाङ हानेको छ ।
यता, अन्तरजातीय प्रेम विवाहको घटनामा जिल्ला अदालत बाँकेले अर्को रेकर्ड राख्दै अन्तरजातीय विवाह गर्ने जोडीलाई सँगै बस्ने प्रवन्ध मिलाउन जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको छ । न्यायाधीश धनीश्वर पौडेलको इजलासले गत शुक्रबार बाँके घर भएकी अञ्जली शर्मालाई अमन सिंह नेपालीसँग एकसाथ बस्ने व्यवस्था मिलाउन आदेश दिएको हो । अञ्जलीले नेपालीसँग भागेर विवाह गरेलगत्तै विद्या शर्माले छोरी बेपत्ता पारेको दाबीसहित सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले अमनलाई पक्राउ गरेको थियो ।
व्यक्ति बेपत्ता पारेको कसुरमा म्याद थपका लागि जिल्ला अदालत बाँकेमा पेश गरिँदा न्यायाधीश पौडेलले मुद्दाको अनुसन्धानका लागि म्याद थप नगर्ने आदेशसँगै अञ्जलीलाई एकसाथ बस्ने व्यवस्था मिलाउन भनेका हुन् । अमनसँग भागेर विवाह गर्ने अञ्जली शर्मा ‘साथी’ संस्थामा थिइन् ।
टिप्पणीहरू