दिल्लीमा वार्ता गर्नेहरु वार्ताभर पान खाएरै बस्छन् कि क्या हो ?

दिल्लीमा वार्ता गर्नेहरु वार्ताभर पान खाएरै बस्छन् कि क्या हो ?

नेपालले तीन सय २५ मेगावाट बिजुली भारतीय बजारमा बेच्ने अनुमति पाएको समाचार र त्यसमा भारतले अड्याएको टाङबारे विभिन्न टिका टिप्पणी सुन्न थालिएका छन् ।

भारतले नेपाललाई एउटा हातले दिएको जस्तो गर्ने तर अर्को हातले निचोर्ने गरेको विगतलाई सम्झेर एक जनाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसरी छिमेकीले उत्पादन गरेको जलविद्युत अथाह सम्भावना भएको भारतीय बजारमा बिक्री गर्न दिनु राम्रो हो,साथै उसको महानता पनि ।’

तर त्यो बिजुलीचाहिँ फलानो फलानो आयोजनाबाट उत्पादन भएको हुनुपर्छ भनेर शर्त राखिनु कत्तिको उचित हो ? भनेर उनैले प्रश्न गरेका छन् । यसैगरी दुई वटा मुलुकबीच डिल गरिरहने र चलिरहने हो भने भोलिका दिनमा,हाम्रा ठूला आयोजनाबाट उत्पादित बिजुली त्यसै खेर जाने अवस्था आउने पक्का भएको उनको विश्लेषण छ ।

‘उनले वास्तविकता उल्लेख गर्दै लेखेका छन्, ‘हामी हर कुरामा भारतसितै निर्भर छौं, नेपाल उसको एकलौटी बजार हो, के हामीले पनि भारतबाट आयात गर्दा, पन्जाबकै मात्र गहुँ,काश्मिरकै मात्र स्याउ, उत्तर प्रदेशकै खेतको चामल, बिहारकै मात्र तरकारी भए मात्र लिन्छौं भन्न मिल्छ ?’

आफैंले आफैंलाई जवाफ दिँदै उनले भनेका छन्,‘हुन् त तन्नम र परनिर्भर देश भएकाले, त्यसो भन्यौं भने, कैयौं महिना भोको पेट बस्नु पर्ने हुन सक्छ, तर पनि दुई मुलुकका बीचमा बिजुली किन्ने सहमति गर्दा, आयोजनाकै नाम लिनु त हदैसम्मको सुक्ष्म व्यवस्थापन भएन र ?’

यी सबै कुरा लेखेपछि ती सर्वसाधारणले हाम्रो प्रशासन र ठूलाबडाप्रति आशंका गरेका छन् । उनको आशंका छ, ‘यताबाट नयाँ दिल्लीमा गएर वार्तामा बस्नेहरु वार्ता अवधिभर पान खाएरै बस्छन् कि क्या हो ?’

टिप्पणीहरू