नरहरिनाथको उपाध्यक्षमा प्रकाण्डकी भाइबुहारीको उम्मेदवारी
नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले कालिकोटका नौ वटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ । पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डको गृहजिल्लामा नेकपाले सबै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको हो ।
नेकपाले कालीकोटको नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा पार्टी केन्दीय सदस्य एटम बिसीलाई स्वतन्त्र उम्मेदवारीको टिकट दिएको छ । यस्तै, प्रवक्ता प्रकाण्डकी भाइबुहारी कलशा विकले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।
रास्कोट नगरपालिकाको प्रमुखमा धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा विकले उम्मेदवारी दिएका छन् । खाँडाचक्र नगरपालिकाको मेयरमा हस्त विक र तिलागुफा नगरपालिका प्रमुखमा रमेश चदारा र उपप्रमुखमा धनराज शाही उम्मेदवार बनेका छन् ।
पचालझरना गाउँपालिका अध्यक्षमा मनिलाल ऐडी र उपाध्यक्ष विनीत सिंहले उम्मेदवारी दिएका छन् । अध्यक्षमा उम्मेदवारी दर्ता गरेका ऐडी नेकपाको जिल्ला सचिवसमेत हुन् ।
यसैगरी पलाता गाउँपालिका अध्यक्ष पदम विक, महावै गाउँपालिका अध्यक्षमा धनबहादुर सिंह र शुभकालिका गाउँपालिकामा मनिश विकले पनि स्वतन्त्र उम्मेदवारको हैसियतमा उम्मेदवारी दर्ता गराएका छन् । यता सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा रुपसिंह बोहोराले उम्मेदवारी दर्ता गरेका छन् ।
टिप्पणीहरू