स्वर्गद्वारी पुगिन् भारतीय कार्यवाहक राजदूत,अमेरिकी सेना आए वायु सेनाको हवाइजहाजमा
नेपालका लागि भारतीय कार्यवाहक राजदूत तथा चार्ज डे अफेयर्स नाम्ग्या छोदेन खाम्पा हिजो तीन जनाको टोली लिएर हेलिकप्टरमा प्युठान पुगेकी छन् । कैलाश हेलिकप्टरमा काठमाडौंबाट दिउँसो पौने १ बजे उडेको उक्त टोली स्वर्गद्वारी मन्दिरको दर्शन गरेर साँझ सवा ५ बजे राजधानी फर्केको हो ।
हिजै नेपालस्थित आफ्ना सैनिकहरुलाई लिन अमेरिकी वायु सेनाको विशेष विमान काठमाडौं आएको छ । ओडी ९१३२ उडान नम्बरको उक्त जहाज बिहान साढे ९ बजे काठमाडौं विमानस्थलमा अवतरण गरेको हो । बैंककबाट काठमाडौं आएको उक्त विमानले यहाँ नेपाली सेनासँग संयुक्त रुपमा सञ्चालित एक्स ब्यालेन्स नेल तालिममा सहभागी टोलीलाई लिएर जाने बताइएको थियो । विमानमा चालक दलका सदस्य पाँच जना थिए ।
टिप्पणीहरू