‘मार्सी’ अर्थात् दुर्गा प्रसाईंलाई बृन्दावन जाने बाटो खुल्यो
मेडिकल माफिया र छुद्र वचन बोल्ने व्यक्तिका रुपमा परिचित दुर्गा प्रसाईंलाई आफ्नो श्री सम्पत्ति दान गरेर बृन्दावन जाने बाटो खुलेको छ । उनले केही दिनअघि नेकपा माओवादी केन्द्र र नेकपा एकीृकत समाजवादीले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा कहिँ कतै नजित्ने र एक सिट मात्रै जिते पनि आफ्नो सम्पत्ति भनेको मान्छेलाई रजिष्ट्रेसन पास गरेर बृन्दावन जाने बताएका थिए ।
तर स्थानीय तह निर्वाचनको निम्ति मनोनयनकै क्रममा अस्ति सोमबार नै धेरै वटा स्थानमा माओवादी एकीकृत समाजवादीका उम्मेदवार केही प्रमुख,उपप्रमुख,वडाध्यक्ष र वडा सदस्यहरुमा निर्विरोध भइसकेका छन् । ३० गतेको निर्वाचनपछि जित्ने पदाधिकारी र सदस्यको संख्या जोड्न बाँकी नै छ । तर अहिले निर्विरोध भएकाको संख्याले नै छुद्र वचन लगाउने मुखमा बुजो लगाइदिएकाले उनी बृन्दावन गएर भजन गाउन बाटो खुलेको ब्यङ्ग्यात्मक टिप्पणी झापाभरि छपक्कै छ ।
भाषणको क्रममा प्रसाईंले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई नक्कली कम्युनिष्ट भनेका थिए । उनी पहिले त्यही माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सन्निकट रहेर स्वार्थ पूरा गर्ने कार्यमा तल्लिन थिए । पछि शक्तिमा पुगेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको उग्र समर्थक बनेका हुन् ।
एमाले र माओवादी केन्द्र एकीकृत भएपछि बनेको नेकपाको समयमा उनले दाहाल र ओली दुबैलाई आफ्नै घरको भान्छामा जुम्लाको मार्सी चामलको भुजा ज्युनार गराएका थिए । त्यसपछिदेखि नै मार्सीको नामले चिनिन थालेका हुन् । त्यही नाममा बियर पनि उत्पादन गरेका छन् । एमाले अध्यक्ष ओलीलाई पार्टीभित्र अधिकांशले ‘बा’ भने पनि मार्सीले चाहिँ ‘हजुरबा’ भन्ने गरेका छन् ।
टिप्पणीहरू