लडाइँको रिस फेर्दै मूर्ति ध्वस्त

लडाइँको रिस फेर्दै मूर्ति ध्वस्त

युक्रेनको राजधानी किभमा एउटा ठूलो बगैँचा अनि पार्क रहेको छ र यसलाई जनताको फ्रेन्ड्सीप पार्क पनि भनिन्छ। यो पार्कको मध्यभागमा इन्द्रेणी आकारको घेराभित्र एउटा ऐतिहासिक स्मारक स्थापित बनाइएको थियो सन् १९८२ मा । किभको १५०० औं वार्षिकोत्सव तथा विघटित सोभियत संघको ६० औं वार्षिकोत्सवको उपलक्ष्यमा मित्रताको प्रतिकस्वरूप दुई कामदारको मूर्ति स्थापना गरिएको हो ।

केही बर्षदेखि यस क्षेत्रमा भएका तनाव र विवादका कारण यो स्मारक विवादास्पद बनेको थियो भने हाल रुस र युक्रेनको युद्धले गर्दा यहाँ झन विवाद चुलियो । तर,अब यो स्मारक यहाँ नदेखिने भएको छ किनकि यसलाई केही दिनअघि किभका मेयरको आदेशमा भत्काइएको छ।

मेयर भिटाली क्लिट्स्को भन्छन्, अब यो मूर्ति हटिसकेपछि इन्द्रेणी स्वरुपको स्मारकलाई युक्रेनी झण्डाको रंगमा रंगाउने छौं।

समाचार, फोटो-भिडियो श्रोत: RT, Reuters र विभिन्न एजेन्सी

टिप्पणीहरू