गृहमन्त्रीको जिल्लामा ४ किलो सुनचाँदी र साढे ५ लाख चोरी
रुपन्देहीको व्यस्त बुटवल बजारको एउटै पसलबाट साढे ४ किलो सुनचाँदी चोरिएको छ । हिजो बिहानीपख ठूलो परिमाणको सुन, चाँदी र नगद चोरिएपछि आज त्यहाँका सुनचाँदी व्यवसायी आन्दोनमा उत्रेका हुन् ।
बुटवल उपमहानगरपालिका–६ स्थित बिपि चोकको कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट हिजो बिहान ३ बजेको समयमा साढे चार किलो सुनचाँदी र साढे पाँच लाख नगद चोरी भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलका अनुसार दुई किलो सुनका गहना, २२ तोला छुट्टै सुन र नगद पाँच लाख चोरी भएको छ । चोरले अक्सिजन ग्यास र वेल्डिङ्ग मेसिन प्रयोग गरेर पसल फोरेको र सिसिटिभि फुटेजमा चोर स्पष्ट रुपमा देखिए पनि प्रहरीले चासो नदेखाएको उनीहरुको आरोप छ ।
आन्दोलित व्यवसायीले आज पत्रकार सम्मेलन गर्दै श्रृङ्खलाबद्ध चोरीका घटना हुँदा पनि प्रहरी प्रशासनले चोर पक्रन नसकेको, चोरिएको सुनचाँदी पत्ता लगाउन नसकेको बताएका छन् ।
रुपन्देहीमा पछिल्लो दुई महिनाको अवधिमा चारवटा पसलबाट सुनचाँदी चोरी भइसकेको छ । उक्त अवधिमा तिलोत्तमा, भलवारीमा रहेको पर्वत महेश्वर सुनचाँदी पसल, सैनामैनाको बाग्लुङ शान्तिपुरे सुनचाँदी पसल, बुद्धनगर सुनचाँदी पसल र हिजो कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलमा चोरी भएको हो ।
टिप्पणीहरू