मेयरको टिकट नपाएपछि माधव नेपालका जिल्ला अध्यक्षद्वारा पार्टी परित्याग
नेकपा एकीकृत समाजवादीको मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले आज पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पोखरेलले पत्रकार सम्मेलनमार्फत् पार्टीको कुनै पनि पदमा नरहने गरी राजीनामा दिएका हुन् ।
‘स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणको विषयमा पार्टीले चालेको कदमप्रति असहमति राख्दै पार्टी परित्यागको घोषणा गरेको हुँ,’ उनले भनेका छन् । पोखरेलले जिल्लाका मनहरी, राक्सिारङ र कैलाश गाउँपालिकामा गठबन्धन गर्न पार्टी असफल भएको समेत बताएका छन् ।
त्यसैगरी पार्टी निर्माणको काममा लागेकाहरूलाई फालेर अरुलाई अघि सारेको कारण आफूले जिल्ला अध्यक्षबाट राजीनामा दिएको उनको दाबी छ । पोखरेलले हेटौँडा उपमहानगरपालिकाको मेयर पदको उम्मेदवारी दाबी गर्दै आएका थिए । तर, पार्टीको जिल्ला उपाध्यक्ष मीना लामालाई मेयरको उम्मेदवार बनाएपछि उनी बिच्किएका हुन् ।
पोखरेलसँगै सचिवालय सदस्य वीरेन्द्र डिसीले पनि पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
टिप्पणीहरू