साताको २ दिन बिदाको पहिलो हप्तामै कर्मचारीलाई ‘बम्पर’

साताको २ दिन बिदाको पहिलो हप्तामै कर्मचारीलाई ‘बम्पर’

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले साताको दुई दिन सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको छ । विदेशी मुद्राको बचत बढाउन इन्धन आयातमा कमी ल्याउने उद्देश्यले उक्त निर्णय गरिएको सरकारी भनाइ छ ।

उक्त निर्णय आगामी जेठ महिनादेखि लागू हुने भनिएको छ । यो वर्षको जेठ १ गते आइतबार परेको छ । त्यसैले त्यो दिन नयाँ निर्णयअनुसार स्वतः बिदा हुने भएको छ ।

त्यसअघि वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएकाले सरकारले मुलुकभर बिदा दिँदैछ । वैशाख ३१ गते शनिबार सार्वजनिक बिदा छँदैछ । जेठ २ गते बुद्ध जयन्ती तथा बुद्ध पूर्णिमाको सार्वजनिक बिदा दिने निर्णय यसअघि राजपत्रमा प्रकाशित भइसकेको छ ।

त्यसैले वैशाखको अन्तिम साताका अन्तिम दुई दिन र जेठ महिनाको पहिलो दुई दिन लगातार बिदा हुने भएपछि सरकारी कर्मचारीलाई पहिलो निर्णय कार्यान्वयनमै बम्पर पर्ने भएको हो ।

टिप्पणीहरू