रिसै रिसले अघिल्लो दिनसम्म काँग्रेस, मनोनयनपछि अर्कै दलका उम्मेदवार

रिसै रिसले अघिल्लो दिनसम्म काँग्रेस, मनोनयनपछि अर्कै दलका उम्मेदवार

पाँचदलीय सत्ता गठबन्धनका कारण नेपाली काँग्रेसबाट उम्मेदवार उठ्न नपाएपछि काँग्रेसका एक जना वडा सभापतिले राजीनामा दिएर एमालेबाट उम्मेदवार उठेका छन् । स्याङ्जाको गलकोट नगरपालिका–६ का सभापति भक्त नेपाली काँग्रेस परित्याग गरी एमालेबाट वडाध्यक्षको पदमा उठेका हुन् ।

काँग्रेसले विचार नमिल्नेहरूसँग अप्राकृतिक गठबन्धन गरेको आरोप लगाउँदै नेपालीले एमाले रोजेको बताएका छन् ।

उता बागलुङको जैमिनी नगरपालिकामा एमालेबाट उपप्रमुखमा उम्मेदवारी दिएकी यमुनादेवी शर्मा पनि नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि थिइन् । उनले यसअघि महिला संघको सचिव समेत भएर काम गरिसकेकी छिन् ।

शर्माले काँग्रेसबाट उपमेयरको टिकट आकांक्षा राखेकी थिइन् । जैमिनीमा काँग्रेसले जनमोर्चालाई मेयर पदको उम्मेदवारी दिएको छ भने आफ्ना पार्टीका हरिहर शर्मालाई उपमेयर उठाएको छ । त्यहि रिसमा यमुनादेवीले एमाले रोजेकी हुन् ।

टिप्पणीहरू