अस्पतालको पाँचौ तलाबाट पुरुष हामफाले

अस्पतालको पाँचौ तलाबाट पुरुष हामफाले

पाल्पाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजको पाँचौं तलाबाट एक जना पुरुष हामफालेका छन् । मृत्यु हुनेमा रामपुर नगरपालिका–७ कठानका ४२ वर्षीय गंगाबहादुर सोमइ हुन् ।

गत ९ गते लडेर घाइते भएका सोमइलाई उपचारको निम्ति स्थानीय अस्पतालमा पुर्याइएको थियो । थप उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज पुर्याइएका उनले अस्पतालको पाँँचौं तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोमइको भुईंमा खस्ने बितिक्कै मृत्यु भएकाले थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू