हिजो अधिकांश मन्त्री हवाई यात्रामा
हिजो बुद्ध एयरको बिहान ७ बजेको उडानमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन काठमाडौंबाट धनगढी पुग्नुभएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेल बिहान ८ बजेको उडानमा बुद्ध एअर चढेर काठमाडौंबाट भरतपुर पुग्नुभएको हो ।
श्रीएयरको विमानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले बिहान पौने १० बजे धनगढीबाट काठमाडौं फर्कनुभयो भने खानेपानीमन्त्री उमाकान्त चौधरी बुद्ध एअरको दिउँसो साढे १२ बजेको उडानमा सिमराबाट काठमाडौं आउनुभयो । सोही उडानमा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पनि आउनुभएको हो ।
हिजै मलेसियन एयरलाइन्सको उडानबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण अर्यालसहितको छ सदस्यीय टोली दिउँसो साढे १ बजे क्वालाम्पुर गएको छ ।
उता युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा ११ जनाको टोली यती एअरलाइन्सको उडानमा दिउँसो ३ बजे पोखरा गएको थियो भने बुद्ध एअरको उडानमा गृहमन्त्री बालकृष्ण खाँण दिउँसो ३ बजे भरतपुर जानुभएको हो ।
पूर्वमन्त्री प्रभु साह साँझ साढे ५ बजे बुद्ध एअरको उडानमा सिमराबाट काठमाडौं फर्कनुभएको हो ।
टिप्पणीहरू