नागरिक उड्डयन प्राधिकरणको निर्देशन तुहियो, भोलिदेखि आन्तरिक उडान ठप्पको चेतावनी

नागरिक उड्डयन प्राधिकरणको निर्देशन तुहियो, भोलिदेखि आन्तरिक उडान ठप्पको चेतावनी

नेपाल नागरिक उड्डयन प्राधिकरणले हिजो अपरान्ह जारी गरेको सूचनालाई आन्तरिक उडानमा रहेका वायुसेवा कम्पनीहरुले रात्रिकालीन उडानको योजनालाई ठाडै अस्वीकार गरिदिएका छन् । उनीहरुले विविध प्राविधिक कारण देखाउँदै राति ८ बजेपछि नियमित उडान गर्न नसक्ने अवस्था रहेको बताएका हुन् ।

वायुसेवा सञ्चालक संघले विज्ञप्तिमार्फत् जानकारी गराउँदै संघका सदस्य वायुसेवा कम्पनीहरु बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्स, सौर्य एअरलाइन्स र गुण एयरलाइन्सका उडान स्लट संसोधन नभएसम्म सम्पूर्ण उडान स्थगित गरेको जानकारी गराएका छन् ।

‘राति ८ बजे पछिका नियमित तर्फका उडानहरु गर्न सक्ने अवस्था नरहेको साथै उक्त विषयमा अन्य पूर्वाधार र सम्भावना सम्बन्धी विस्तृत छलफल गर्न प्राधिकरणसँग समयसमेत माग गरिएको अवस्थामा हिजो जारी गरिएको स्लटसम्बन्धी नयाँ व्यवस्थाअनुरुपको तालिका संलग्न गर्न सदस्य वायुसेवा कम्पनीहरुले नसक्ने व्यहोराको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

संघले यसअघि कै स्लटसम्बन्धी व्यवस्था लागू गर्न प्राधिकरणसँग माग गरेको बताइन्छ । प्राधिकरणले हिजो नियमित उडान गरिरहेका आन्तरिक उडानका वायुसेवा कम्पनीहरुलाई पत्र लेखेर नयाँ उडान तालिकाबारे जानकारी गराएको थियो ।

टिप्पणीहरू