त्रिभुवन विश्वविद्यालयमा २३ दिन छुट्टी
त्रिभुवन विश्वविद्यालयले वैशाख तेस्रो सातादेखि जेठ दोस्रो सातासम्म बिदा दिने भएको छ । विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म विश्वविद्यालयका सम्पूर्ण क्याम्पसमा बिदा दिने जानकारी गराएको छ ।
महाशाखाले आज प्रकाशित गरेको विज्ञप्तिमा, ‘चालू शैक्षिक सत्रको वर्षे बिदाका सम्बन्धमा सत्रान्तपछि बिदा दिइने क्याम्पसको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरेबमोजिम गर्ने र अन्य क्याम्पसको हकमा सम्बन्धित संस्थानबाट निर्णय गरे बमोजिम गर्ने तथा अन्य क्याम्पस, विभाग र स्कुलको हकमा विद्यार्थीको नियमित परीक्षा सञ्चालन यथावत् रहने गरी २०७९ वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म २३ दिन चालू शैक्षिक सत्रको वर्षे बिदा दिने निर्णय भएको,’ उल्लेख छ ।
टिप्पणीहरू