मेयरकी उम्मेदवारको कार्यक्रममा, मेयरकै दावेदार महिला उपमेयर पुगिन्
काठमाडौं महानगरकी काँग्रेसबाट मेयर उम्मेदवार सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक कार्यक्रममा मेयरकी दावेदार तथा हालकी उपमेयर हरिप्रभा खड्गी पुगिन् । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा सिंहले मेयर पदको उम्मेदवारका लागि संकल्पपत्र सार्वजनिक गरेकी हुन् ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा सिंहकी श्रीमान प्रकाशमान सिंह,महामन्त्री गगनकुमार थापा, प्रवक्ता प्रकाशशरण महत,काठमाडौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी लगायतको उपस्थिति थियो ।
काठमाडौं महानगरको मेयरमा काँग्रेसको उम्मेदवार र उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार तालमेल गरेर उठेका छन् । एमालेको तर्फबाट मेयरमा केशव स्थापित र उपमेयरमा पूर्व मिस नेवाः सुनिता डंगोलको उम्मेदवारी परेको छ ।
उपमेयर खड्गी मेयर पदको प्रमुख दाबेदार थिइन् । उनलाई टिकट नदिइएकोमा खड्गी र काठमाडौंका रैथाने काँग्रेसीहरु असन्तुष्ट रहेको समाचार सार्वजनिक भएको थियो । तर खड्गी हिजोको कार्यक्रममा उपस्थित भएपछि यसअघिका त्यससम्बन्धी समाचारको औचित्य समाप्त भएको काँग्रेसीहरुले बताएका छन् ।
टिप्पणीहरू