चीनसँग कुनै सीमा सुरक्षा विवाद छैन : परराष्ट्र मन्त्रालय

चीनसँग कुनै सीमा सुरक्षा विवाद छैन : परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले छिमेकी मित्रराष्ट्र चीनसँग कुनै पनि खालका सीमासुरक्षा विवाद नरहेको बताएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले हिजो आयोजित नियमित पत्रकार भेटघाटमा उक्त कुराको जानकारी दिएकी हुन् ।

प्रवक्ताले नेपाल र चीनको गृह सचिवस्तरीय बोर्डर टास्कफोर्सको बैठक हालै सम्पन्न भएको जानकारी गराएकी छन् । सोही क्रममा उनले उत्तरी छिमेकी चीनसँग कुनै पनि प्रकारको सीमासुरक्षासम्बन्धी समस्या नरहेकोबारे प्रष्ट पारेकी हुन् ।

सो अवसरमा प्रवक्ता लम्सालले आफ्नो मन्त्रालयमा भएका कामकारवाहीका बारेमा पनि जानकारी गराएकी थिइन् ।

टिप्पणीहरू