उपराष्ट्रपतिलाई भेटेर प्रचण्ड सरासर बालुवाटार

उपराष्ट्रपतिलाई भेटेर प्रचण्ड सरासर बालुवाटार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज उपराष्ट्रपति नन्दबहादुर पुन पासाङसँग भेटघाट गर्नुभएको छ । उपराष्ट्रपतिलाई भेट्न बिहान उहाँ लैनचौरस्थित ‘ग्रिन हाउस’ पुग्नुभएको थियो ।

उहाँले झण्डै १५ मीनेट उपराष्ट्रपति पुनसँग कुराकानी गर्नुभएको स्रोतले बताएको छ । पौने ९ बजे उपराष्ट्रपति भवनबाट निस्किनुभएका प्रचण्ड त्यहाँबाट सरासर सत्ता गठबन्धनको बैठकमा सहभागी हुन प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो ।

गठबन्धनको बैठक बिहान ०९:०० देखि १०:३५ बजेसम्म चलेको थियो । बैठकले सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुध्द गठबन्धन दलभित्रैबाट परेका बागी उम्मेदवारी फिर्ता लिन आ-आफ्नो पार्टी संयन्त्रबाट पहल गर्ने निर्णय गरेको छ । त्यस्तै,गठबन्धन बाहिरका दलसँग भएको तालमेल खारेज गर्ने बैठकको निर्णय छ ।

टिप्पणीहरू