राप्रपाको संकल्पपत्र मन्दिर प्राङगणमा सार्वजनिक
राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारहरुको संकल्प पत्र मन्दिरको प्राङ्गणमा सार्वजनिक गरेको छ । राप्रपाबाट टोखा नगरपालिका ४ मा उठेका उम्मेदवारहरुले स्थानीय मन्दिर प्राङ्गणमा संकल्प पत्र सार्वजनिक गरेका हुन् ।
उनीहरुले धापासी फैमालचुलीस्थित धापासी मन्दिरसँगैको देवी मन्दिरको प्राङ्गणमा हिजो उमेदवारहरुको संकल्प पत्र सार्वजनिक गरेका हुन् । कार्यक्रममा राप्रपाका टोखा– ४ का अध्यक्ष रामप्रसाद उपाध्याय, ज्योतिष गुरु दिपक सुवेदी, केन्द्रिय सदस्य केशव रेग्मी, पार्टी नगर अध्यक्ष योगेन्द्रराज पाण्डे लगायतको उपस्थिति थियो ।
हिजै ललितपुरको झरुवारासीस्थित गोदावरी नगरपालिका १३ वडा कमिटीले पार्टी प्रवेश कार्यक्रम राखेको थियो । राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, रेखा थापा, शक्ति शाही, जयराम खड्कालगायतको उपस्थितिमा उक्त कार्यक्रम भएको बताइएको छ ।
टिप्पणीहरू