सरकारको आस गर्दा १५ सय सशस्त्र प्रहरी अलपत्र
आसन्न स्थानीय तह निर्वाचनमा हल्चोकबाट खटाउने भनिएका पन्ध्र सय सशस्त्र प्रहरी अलपत्र परेका छन् । हेडक्वार्टरबाट विभिन्न दश जिल्लामा खटाइने भनिएका उनिहरु सरकारको भर पर्दा होटेलमा खाना खाएर बस्नुपर्ने अवस्थामा पुगेका हुन् ।
आज बिहान १० बजे हेडक्वार्टरबाट सिन्धुली,दोलखा,रामेछाप, सिन्धुपाल्चोक,नुवाकोट,रसुवा, धादिङ,लमजुङ,बाग्लुङ तथा गोरखा जानु पर्ने थियो । तर, सरकारले बजेट उपलब्ध नगराउँदा र सवारी साधन नजुटेपछि उनीहरुको यात्रा रोकिएको हो ।
स्रोतले दिएको जानकारीअनुसार सशस्त्रका इन्स्पेक्टरदेखि जवानसम्मको फौज स्टाण्डबाई राखिएको छ । यता, गत मंसिर ११ गतेबाट कायम मुकायम एसएसपी बनेका सशस्त्रका वरिष्ठ उपरीक्षक दिपेन्द्र कुँवरलाई आफ्नै क्षेत्र सुदूर पश्चिमको अनुगमनमा खटाइएको छ ।
हाल आइजी मातहत इन्टेलिजेन्स ब्यूरो चिफ रहेका उनलाई देशभरिको सूचना संकलन गर्न छाडेर अनुगमनका लागि ७ नम्बर प्रदेश खटाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका व्यक्तिगत सहायक भानु देउवाको बहिनी ज्वाइँ समेत रहेका कुँवर आफ्नै क्षेत्रमा खटाइएका हुन् ।
हालै छत्र भण्डारी,जगदिश भट्टसहित विवादास्पद चार जना व्यक्तिलाई सुदूरपश्चिम प्रदेश ब्यूरो हेर्ने गरी काजमा झिकाइएको छ । यी चारै जना पहिला गणबाट पैसा उठाउन खटिने घुमुवा रहेको स्रोतले जनाएको छ ।
टिप्पणीहरू