पोखरामा काँग्रेसका बागी उम्मेदवारको मनोनयन फिर्ता, अर्का बागी बाँकी
पोखरा महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेसका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले मानोनयन फिर्ता लिएका छन् । आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले मनोनयन फिर्ता लिएका हुन् ।
उनीहरुले पार्टीको निर्देशनअनुसार आफूहरुले हालेको बागी उम्मेदवारी फिर्ता लिएको बताएका छन् । पोखरा काँग्रेसको राम्रो पकड क्षेत्र भन्दै उनीहरुले चुनावी गठबन्धनको विरोध गर्दै बागी उम्मेदवारी दिएका थिए ।
काँग्रेसले आफ्ना बागी उम्मेदवारलाई पटक पटक सुचना जारी गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरिरहेको थियो । यता निर्वाचन आयोगले उम्मेदवारलाई आजसम्म आफ्नो मनोनयन फिर्ता लिन सक्ने व्यवस्था गरेको थियो ।
सोही अनुसार काँग्रेसलगायत गठबन्धन दलको निर्णय विपरित उम्मेदवारी दिएका अन्य उम्मेदवारले पनि आफ्नो मनोनयन फिर्ता लिएका छन् । तर काँग्रेसबाटै बागी उम्मेदवार उठेका अर्का विमल कार्कीले भने फिर्ता लिएका छैनन् ।
गठबन्धन दलको सहमतिअनुसार पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीले धनराज आचार्यलाई उठाएको छ ।
टिप्पणीहरू