एमाले र माओवादी : अन्यत्र शत्रु, सिन्धुपाल्चोकमा मित्रु
मुलुकभर अधिकांश जिल्ला र स्थानीय तहमा एमालेविरुद्ध सरकारमा आवद्ध पाँचदलीय गठबन्धनको तालमेल भएको छ ।
कतिपय जिल्लामा बरु गठबन्धनमा रहेका दलहरुले हार्दिकतापूर्वक चुनावी प्रतिस्पर्धामा उत्रिने निर्णय गरेका छन् ।
तर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा एमाले र माओवादीले तालमेलको निर्णय गरेका छन् । जसअनुसार अध्यक्ष नेकपा एमालेलाई र उपाध्यक्ष नेकपा माओवादी केन्द्रलाई भाग लगाइएको छ ।
त्यहाँ नेपाली काँग्रेस र राप्रपालाई पाखा लगाउन उक्त रणनीति बनाइएको हो । उता,रोल्पाको भने अधिकांश स्थानीय तहमा माओवादी एकातिर र अरु सबै दल अर्कोतिर देखिएका छन् ।
टिप्पणीहरू